काठमाडौं । भारतमा आईतवार एक कोरोना संक्रमितले अस्पतालको पहिलो तलाबट हाम फालेका छन् ।
अस्पतालको बालकुनीमा चढेर उक्त संक्रमितले हाम फालेको भिडियोमा देखिएको छ ।
उक्त व्यक्तिले त्यसो गर्न लागेको देखेर मानिसले रोक्ने प्रयाश गरेपनि उक्त व्यक्तिले नमानिकन हाम फालेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
जसका कारण उनी गम्भीर घाईते भएको बताइएको छ ।यो घटना दरेसी ग्राउण्ड क्षेत्रको भएको बताइएको छ ।
त्यहाँस्थित च्यारिटेबल अस्पतालमा लिभरका बिरामी भएका कारण उक्त व्यक्ति भर्ना भएका थिए । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले आईतवार साँझ आत्महत्या गर्छु भनेर त्यहाँ बाट हाम फालेको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।
एजेन्सीको सहयोगमा
भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्
https://dainik-b.in/LUZSAA5cn9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया