आजबाट सोह्रश्राद्ध शुरु, कुन तिथिमा कस्को श्राद्ध गर्ने ?

काठमाडौं । आस्विन कृष्णपक्षको प्रतिपदाबाट शुरु भएर अमावास्य सम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई महालय श्राद्ध पनि भनिन्छ । श्राद्ध भन्नाले श्रद्धापुर्वक सम्पन्न गर्नु भन्ने बुझिन्छ ।

तिथिको आधारमा पर्ने हुनाले प्रत्यक वर्ष सोह्रश्राद्ध शुरु हुने समय फरक हुन्छ । आस्विन कृष्ण पक्षको प्रतिपदाबाट शुरु गरि औँशिसम्म गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ । २०७७ सालमा सोह्रश्राद्ध भाद्र १७ गते बुधवार बिहान ०९ बजेर ३८ मिनेटबाट प्रतिपदा तिथि शुरु भई आस्विन ०१ गते बेलुकी ०४ बजेर ५९ मिनेटमा सकिनेछ ।

हामिले आमा बुवाको स्वार्गारोहण भएको तिथिमा गरिने एकोदृष्ट श्रादमा दिएको अन्न तथा जल बर्षभरिनै पितृहरुले प्राप्त र्दछन् भन्ने शाष्त्रिय मान्यता रहेकोछ । सोह्रश्रादको समयमा आफ्ना आफ्ना पितृहरु घरको अगाडि आएर बस्छन् भन्ने मान्यता रहेकोछ । एउटा शाश्त्रिय भनाई के रहेको छ भने गएको कुशे औँसीबाट नै पितृहरु घर वरपर आएर मेरा छोराहरुले तर्पण दिन्छन् दिदैनन्,जल दिन्छन् दिँदैनन्, पिण्ड दिन्छन् दिँदैनन् भनेर बसिरहेका हुन्छन् ।

सोह्रश्राद्धमा कस्तो भोजन ग्रहण गर्ने ?

यो समयमा जो मांशहारि हुनुहुन्छ ति व्यक्तिहरु शकाहारी हुनु पर्दछ । जसका माता पिता हुनुहुन्न उनिहरुले शुद्ध शात्विक भोजन गर्नुपर्दछ र तामसि भोजनहरु ग्रहण गर्नु हुदैन । पृत्रिको तिथि नआउन्जेल सकिन्छ भने एक छाक भोजन तथा एकछाक रोटि ग्रहण गर्नपर्दछ । अगाडि नै हात गोडाका नङ काट्ने,दिन प्रतिदिन स्नान गर्नुपर्दछ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुन पक्षमा दिवंगत भएपनि त्यही तिथिमा नै श्राद्ध गरिन्छ ।

कसको श्राद्ध कुन तिथिमा गर्ने ?

जसको कुमार अवस्थामा दिवंगत भएको हुन्छ त्यसको पञ्चमीमा श्राद्ध गर्नुपर्छ । पञ्चमि तिथिमा गरिने श्राद्धले उनिहरुको आत्माले शान्ति पाउछ ।

आस्विन कृष्ण पक्षको नवमीलाई मात्रृ नवमी भनिन्छ । स्त्रीजातीको वा आमाको श्राद्ध गर्नुपरे मात्रृ नवमीलाई राम्रो मानिन्छ । मात्रृ नवमीको दिने तर्पण,जल तथा पिण्डले आमाको मात्र हैन त्यस कुलमा भएको सम्पूर्ण स्त्रिहरुको उद्धार हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

परिवारका पूर्वज तथा बुबाहरुले सन्यास दिनुभएको भए एकादशि तथा द्वादशी तिथिमा श्राद्ध गर्नुपर्दछ ।

जसको अकालमा,दुर्घटनामा,अस्त्रशस्त्रमा मृत्यु भएको छ भने अरु तिथिमा भएपनि चतुर्दसिमा श्राद्ध गर्नुपर्दछ ।

आफ्ना पितृहरुको तिथि थाहा छैन भने औसी तिथिमा श्राद्ध गर्दा सम्पूण पितृहरु प्रशन्न हुन्छन् ।

श्राद्ध गर्दा कस्ता नियम पालन गर्नुपर्दछ ?

श्राद्ध गर्दा बिभिन्न नियमहरुको पालना गर्नु पर्नेहुन्छ । श्राद्धको दिन दात माज्दा ब्रस तथा मलमको प्रयोग नगरि कुनै वृक्ष वा दतिउनबाट दात माज्नु पर्दछ । श्राद्धभन्दा अगाडि पान लगाएत यस्तै वस्तुहरुको ग्रहण गर्नु हुदैन । श्राद्ध नसकिकन शरीरमा तेल नलगाउनु,श्राद्धको दिन अरुको अन्न नखानु नै श्राद्ध गर्दा पालना गर्नुपर्ने नियमहरु हुन ।

कस्ता पण्डितहरु पढ्नको लागि बोलाउने ?

श्राद्धमा पढ्नको लागि गरिने व्राह्मणहरु जो चोरि कर्म गर्दछन् । जो मासुको व्यापार गर्दछ तिनिहरुलाई श्राद्धमा बोलाउनु हुँदैन । शुद्ध व्राह्मणमा एउटा उर्जा शक्ति हुन्छ त्यो तपाईका पूर्वजहरुलाई प्राप्त हुन्छ । भगवान रामले पनि आफ्ना पिताजीको मृत्युको खबर भयो भनेर थाहा पाएपछि पुस्कर क्षेत्रमा गएर श्राद्ध गर्दिनु भएको थियो । ऋषि मुनिहरुलाई बोलाएर फलफुलहरु ग्रहण गराउनु भएको थियो । त्यतिखेर फलफूल बितरण गर्दैगर्दा घरभित्र सिता आईन र रामले किन भित्र आएको भन्दा सिताजीले जवाफ दिईन् मैले हाम्रा पूर्वजहरुको अनुहार व्राह्मणहरुको शरिरमा देखि भनेर भनेकि थिईन ।

जो वा्रह्मणहरुले मासु खाएर शास्त्र पढ्दछ तिनिहरुको शरीरबाट उर्जा हराएर जान्छ । काला दात भएका तथा लामा लामा नङ भएका ब्रमाणहरुबाट पनि श्राद्ध नगराउनु भनिएको छ ।

कस्ता अन्न प्रयोग नगर्ने ?

अन्नमा किरा परेकोछ, अन्नहरुमा कुकुर तथा कुखुराहरुले दृष्टि दिएको भने ति अन्नहरु प्रयोग नगर्नु भनिएको छ । श्राद्धको समयमा मुसुरिको दाल, गाजर, कुबिण्डो,लौका,बैगुन,कालो नुन,प्याज तथा लशुन चलाउन हुँदैन । किन भन्दा यि चिजहरु गन्द प्रदान भएको हुनाले पित्रृहरु रुष्ट हुन्छन् ।

कस्ता रङका फूलहरु प्रयोग गर्ने ?

पहेलो सेतो फुलहरु चडाउनु पर्दछ । चन्दन चलाउदा पहेलो चलाउनु पर्दछ । पहेलो तथा सेतो चन्दन सत्वगुणको प्रतिक हो । रातो चन्दन चडाउनु हुदैन किनकि रातो चन्दन भनेको तमोगुणको प्रतिक हो ।

पिण्ड कत्रो दिने ?

पिण्ड कत्रो दिने भन्ने प्रश्नपनि उब्जीन्छ । एकोदृष्ट श्राद्धमा सरिफाको फल जत्रो,बार्षिक श्राद्ध जो मरेको एक बर्षमा गरिन्छ त्यस समयमा नरिवलको भित्रको दानो जत्रो,मासिक श्रादमा पनि नरिवलको दाना जत्रोनै दिनु पर्दछ । तिर्थ श्राद्धमा कुखुराको अण्डा जत्रो,पावण श्राद्धमा अमलाको ठुलो दाना जत्रो दिनुपर्दछ । पिण्ड भनेको ब्रमाण्ड हो आफ्ना पित्रृहरुलाई हे हजुर मैले तपाईलाई देखेको छैन,मैले हजुरलाई घिउ,चिनि दुध मिसाएर बनाएको पिण्ड अर्पण गरेको छु भनि अग्रजहरुलाई सम्झनु पर्दछ । औसीको दिन पित्रृहरु फर्कने दिन भएकोले औँशिको दिन साझमा दियो बालिदिने,पितृहरुको फोटो राख्ने, खिर बनाएरु चडाईदिने र भन्ने हजुरहरुको यात्राको लागि मैले बत्ति बालेको छु भोजन बनाएको छु । श्राद्ध गरिसकेको भएपनि पितृहरुलाई सम्झनाले आर्शिवाद प्राप्त हुन्छ । एउटा भनाई पनि छ देवताले दिन्छने पित्रृहरुले हर्छन त्यसैले आफ्ना पितृहरुलाई खुशी पार्नुपर्दछ ।

घरमा,तिर्थमा,बिष्णपादुकामा,गोकर्णमा,कोटिहोममा,पशुपति क्षेत्रमा,बद्रिमा जहाँ गएर पनि पितृहरुको श्रदा भक्ति गरेर अनन्य आशिर्वाद हामिले लिनु पर्दछ । सोह्रश्राद्ध पछि तुरुन्तै दुर्गा पक्ष,बिजय दशमी तथा शुभ दिपावलि आउछ तर पहिलो पितृहरुको आशिर्वाद लिनु पर्दछ अनि देवताहरुको पूजा गर्नुपर्दछ ।

र अन्त्यमा अहिलेको समयमा प्रायजसो मानिसहरुले भन्ने गर्दछन् जीवित हुँदा हामिले बुबा आमालाई खान दिईहाल्यो मरेपछि किन दिने भन्दछन् । जसले जीवित आमा बुवाको राम्रोसँग पालन पोषण गरेन उसले परेपछि पनि केहि गर्दैन तर जसले जीवित हुँदा नै खानदियो लाउन दियो र सोधिखोजि गर्यौ भने उसले पक्कैपनि मरेपछि पनि आमा बुवाको तिथिमा उसले श्राद्ध गर्दछ । आमा बुवा मरेपछि के दिने त भन्दा पिण्ड तथा जल दिने हो पिण्ड भनेको अन्न हो र जल भनेको पानी हो । आफ्ना आमा बुवाको तिथिमा श्राद्ध गरेर हाम्रो शरीरमा भएको विभिन्न चक्रहरु बिषेशगरि हृदय चक्रलाई उजागर गरि फल प्राप्त गरिरहेको हुन्छौँ ।

ज्यो. दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?