लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन । हाल उनी नागरीक लगानी कोषका प्रमुख प्रशासक रहेका थिए ।

बैंकको बुधवार बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकले आजैबाट लागू हुने गरी उनलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

उनी नेपाल लगानी कोषको तर्फबाट यसअघि लक्ष्मी बैंकको सञ्चालक रहेका थिए ।

नवनियुक्त अध्यक्ष नेपालको नेपाल राष्ट्र बैंकको ३० वर्षे सेवा गरेको अनुभव रहेको छ । उनी राष्ट्र बैंकबाट अवकास पाएसँगै २ वर्षअघि नागरीक लगानी कोषको प्रशासकमा नियुक्त भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?