मुर्दाघरमा लगेका एक युवा एक्कासी बाँचेपछि…

मुम्बई –  भारतको मध्य प्रदेसको एक अस्पतालमा मरेको भनेर मुर्दाघरमा पुराइएका एक युवा अचानक जीवित भएका छन् । ती युवा दुर्घटनामा परेर घाइते भएका थिए । उनको नाम निलांशु भारद्वाज हो ।अहिले उनको उपचार भैरहेको छ । यसरी हेर्दा भारतका अस्पतालमा पनि बिरामी माथि खेलवाड भएको बुझिएको छ । उनको ‘ब्रेन डेड’ भएको र नारीको धडकन पनि बन्द भएको बताइएको थियो । चिकित्सकको परीक्षणमा पनि उनको मृत्यु भइसकेको भनिभएको थियो ।चिकित्सकका अनुसार निलांशुको लगभग ८० प्रतिशत दिमाग मरिसकेको छ । तर अहिले पनि उनको उपचार जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?