काठमाडौं, २३ फागुन । बलिउडकी चाँदनी श्रीदेवीको दुबईको होटलमा हृदयघातको कारण मृत्यु भएपछि उनको परिवार सहित पूरै देश चिन्तित छ । श्रीदेवीको अस्थियालाई बानी कपूरले आफ्नो छोरीसँग रामेश्वरमा गएर प्रवाहित गरेर कर्म काण्ड पूरा गरेका छन् ।तर श्रीदेवीको परिवार बाहेक एक यस्ता मानिस छन् जो श्रीदेवीको लागि श्राद्ध गर्दैछन् । उनले श्रीदेवीलाई आफ्नो पत्नी मान्ने गर्छन् । श्रीदेवीको मृत्यु भएकोमा उनलाई सबैभन्दा बढी चोट पुगेको छ ।श्रीदेवीको नाममा कर्मकाण्ड गर्ने को हुन् यी व्यक्ति ओमप्रकाश मेहरा । जो मध्य प्रदेशको श्यापुरमा बस्छन् । ओमप्रकाश मेहरा श्रीदेवीलाई आफ्नो श्रीमती मान्छन् । श्रीदेवीको मृत्युको कुराले सबैभन्दा बढी उनलाई नै झट्का लागेको छ ।बोनी कपुरले श्रीदेवीसँग विवाह गरेका थिए । त्यतीबेला देखी ओमप्रकाश मेहराले पनि श्रीदेवीलाई आफ्नो पत्नी मानेका थिए । श्रीदेवीको मायामा पागल ओम प्रकाशले सन् २००२ मा ओमप्रकाश मेहराले वोटर लिस्टमा अपनी पत्नीको नाम श्रीदेवी दर्ज गरेका थिए । ओमप्रकाश मेहराले बताए सन् १९८९ मा हायर सेकेण्डरीमा पढ्ने गथ्र्यौ त्यती बेला देखि श्रीदेवीको फ्यान हुँ ।श्रीदेवीको मृत्युको समचार पाएका ओमप्रकाशले खानापीन सबै छाडेका थिए । श्रीदेवीको मृत्युले आहत ओमप्रकाश मेहराले आफ्नो गाउँमा ददुनिमा श्रद्धाञ्जलीसभाको आयोजना गरेका छन् । उनले आफ्नो मुण्डन गरेर श्रीदेवीको फोटोमा फूल माला चढाए जहाँ पूरै गाउँका मानिस सामिल भएका थिए । ओमप्रकाशले मनमनै श्रीदेवीलाई आफ्नो पत्नी मानेका थिए जसले गर्दा उनले अहिलेसम्म विवाह गरेका छनै ।ओमप्रकाशका साथिले बताए कि, ओमप्रकाश मेहरा श्रीदेवीलाई एकदमै माया गर्थे, उनले श्रीदेवीलाई मनमनै आफ्नो पत्नी मानिसकेका थिए । ओमप्रकाशले सात जन्मसम्म श्रीदेवीसँग विवाहकोलागि पखर्ने छन् उनका साथिहरुले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया