कोरोनाको कारणले श्राद्ध गर्न सकिएन, अब कहिले गर्ने ?

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोराना भाईरस (कोभिड–१९) ले गर्दा हाम्रो दैनिक कष्टकर भईरहेको बेला सोह्रश्राद्धको तिथि चलिरहेको छ ।

यस्तो अवस्थामा स्थानिय प्रसासन र नेपाल सरकारले भर्चुअल विधि र अनलाईनको माध्यामबाट सोह्रश्राद्धमा गरिने श्राद्ध गर्न आग्रह गरेको छ भने कसैले अनलाईनबाट भएपनि श्राद्ध गरिरहेका छन् ।

व्यक्तिगत जीवनमा संकट परेको बेलामा वा देशमा संकट परेको बेला कुनै पनि तिथिमा गर्ने श्राद्ध गर्न सकिएन भने अन्य बेलामा श्राद्ध गर्न सकिने कुरा बताईएको छ ।

सोह्रश्राद्धमा श्राद्ध नगरिए हेमाद्रिमा उद्धृत गोणकालसम्बन्धी यमको वचन यसप्रकार रहेकोछ –सूर्य कन्याराशीमा जाँदा गृहस्थ मानिसले अश्विनकृष्ण पञ्चमीको बीचमा शाकार्पण गरेर भएपनि श्राद्ध गर्नुपर्दछ ।

ती दुबै पक्षमा पनि श्राद्ध गर्न सम्भव भएन भने के गर्ने ? भन्ने प्रश्नमा उत्तर दिदै भविष्यपुराणमा भनिएको छ-महालय श्राद्ध नगरिएमा गृहस्थले दीपावलीले यूक्त कार्तिकमहिनाको औसी अर्थात आमावस्यमा पिण्डदान गर्नुपर्दछ ।

यसमा पनि कुनै कारणबस श्राद्ध गर्न नसकिए महाभारतको भनाई छ –जवसम्म सूर्य कन्या,तुला र वृश्चिक राशिमा रहन्छन् अर्थात आश्विन महिना,कार्तिक महिना र मंशिर महिनामा त्यसबेला यमपुर शून्य रहन्छ । जवसम्म सूर्य धनु राशिमा जाँदैनन् अर्थात पौश महिना नलाग्दै पितृहरु सन्तानले दिने श्राद्धको आशाले पृथ्वीतर्फ आउने हुँदा यमपुर रित्तो रहन्छ भन्ने तात्पर्य रहेको छ । त्यसकारण वृश्चिक राशिमा अर्थात मंशिर भित्र नै श्राद्ध गर्नुपर्दछ ।

ब्रहपुराणमा भनिएको छ-सूर्य वृश्चिकराशिबाट धनुराशिमा गएपछि पितृहरु देवताहरुका साथ तातो सास लिँदै श्राद्ध नगर्ने आफ्ना सन्तानलाई कठोर सराप दिएर फर्किन्छन् ।
जातुकर्णय भन्दछन्–आषाढ पूर्णिमाको पाँचौ पक्षमा अर्थात आश्विनकृष्णपक्षमा पितृहरुले अन्न र तर्पणको ईच्छा गर्दछन् त्यसकारण त्यसै पक्षमा पिण्ड र तर्पण दिनुपर्दछ । अरु समयमा दिएका व्यार्थ हुन्छ ।

त्यसैकारण नोबेल कोरोना भाईरस अर्थात कोभिड १९को महामारीले अर्थात कुनै कारणले आफ्नो पितृहरुको श्राद्ध गर्न सकिएन भने आगाामी कार्तिक महिनाको औँसीमा गर्नुपर्दछ । र त्यो दिनमा पनि गर्न नसके सूर्य कन्या,तुला र वृश्चिक राशिमा हुँदै अर्थात असोज,कार्तिक,मंसिर महिनामा भित्रै गर्नुपर्दछ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?