काठमाडौं । लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरी प्रालि कमलपोखरी, काठमाडौंबीच विभिन्न सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।
बैंक र प्रालिबीच बैंकका कर्मचारी एवम् निजका आश्रीत परिवार सदस्यहरु, डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई नोबेल कोरोना भाइरस जाँचको लागी पीसीआर परीक्षण तथा सामान्य प्याथोलोजी परीक्षण सुविधाहरुमा १० प्रतिशत देखी २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
बैंकका अनुसार उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी, काठमाडौं स्थित मुख्य कार्यालय तथा बिरगन्जमा अवस्थित शाखा कार्यालय नारायणी सेन्ट्रल ल्याब प्रा. लि.बाट समेत प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताज्यूले हस्ताक्षर गरेका हुन् ।
देशभरका ६८ शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ । बैंकका अनुसार बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था समेत मिलाएको मिलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया