ग्रीन डेभलपमेन्ट बैंकले ४० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउँदै

काठमाडौं, २३ फागुन । ग्रीन डेभलपमेन्ट बैंकले माघ २ गतेदेखि जारी गरेको ४०० प्रतिशत हकप्रदमा आवेदन गर्ने म्याद पनि आज सकिदैँछ । ग्रीनले एक बराबर चार अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।जसमा पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ । हकप्रदमा आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।त्यस्तै विक्री प्रबन्धकको कार्यालय बानेश्वर तथा एनआईबिएल क्यापिटल, लाजिम्पाट, ग्रीन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय हरिशंकर रोड बाग्लुङ्ग, गणेशटोल बेनी, सभागृह चोक पोखरा तथा लक्ष्मी बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट समेत हकप्रद भर्न सकिने क्यापिटलले जनाएको छ ।१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्रीनको हकप्रद पूँजीकरण पश्चात ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?