एजेन्सी । इण्डोनेशियामा पशु अधिकारको लागि काम गर्ने कार्यकर्ताहरुले चुरोट पिउँदै गरेको बाँदरको फोटो लिएकोमा चिडिखानाका कर्मचारीले विरोध गरेका छन् ।यसैगरी, बानडुंग चिडियाखाना घुम्न आएका एक व्यक्तिले सल्किरहेको चुरोट २२ वर्षका बाँदर ओडोन तिर फ्यादिएका थिए । त्यसपछि ओडोनले चुरोट पिउन सुरु गरेका थिए ।मानिसले ओडोनले चुरोट पिउँदै गरेको फोटो खिचे र त्यसलाई इन्टरनेटमा राखिदिए । त्यसपछि त्यो फोटो भाइरल भयो ।चिडियाखानाका कर्मचारीले भने, यो घटना बाकवास हो । तर जुन समय यो घटना भएको थियो त्यस समय बांडेका गार्ड ब्रेकमा गएका थिए ।धुम्रपान गर्ने देशहरुमा इण्डोनेशिया विश्वको अग्रिम देशहरुमा मध्ये एक हो । यसको साथै जनावरहरुको सुरक्षालाई ध्यानमा दिँदै इण्डोनेशियाको रेकर्ड धेरै नै खराब छ ।चिडिखानाका प्रवक्ता सुलहानका अनुसार भविष्यमा यस्तै केहि नहोस भनेर यो कदम उठाइएको हो । सुलहानले भने, ‘चिडियाखानाका धेरै ठाउँमा यस्तो बोर्ड लगाइएको छ र त्यसमा लेखिएको छ घुम्न आएका जनावरलाई खानका लागि केही नदिउँ न त उनीहरुको भएको ठाउँमा चुरोट फालौं ।’तर, इण्डोनेशियामा एनिमल बेलफेयर सोशाइटीका संस्थापक मैरिसन गुलियानोले यसको लागि चिडियाखानाका व्यवस्थापिकालाई दोषि मान्छन् । उनका अनुसार, यो सबै क्रियाकलाप कमजोर कार्यप्रणलीको बाबजुद भएको हो । साथै यो चिडियाखाना जनवारहरुको हेरचाहका लागि बनाइएको बनाइएको मापदण्डमा आएको कमि पनि एक कारण हो ।सन् २०१७ देखि जकार्तामा १५० किमी दक्षिण–पूर्व स्थित यस चिडियाखानालाई बन्द गर्नको लागि आवाज उठाउँदै आइएको छ ।हालै बाँदरले चुरोट पिउँदै गरेको तस्वीर सार्वजनिक भएको छ । सन् २०१२ मा सेन्ट्रल जावाको तारु जुंरुग चिडियाखानामा टोरी नाम एक बाँदरलाई त्यहाँ घुम्न आएका मानिसले फ्याकेको चुरोटलाई टिपेर पिउँदै गरेको देखिएको छ ।त्यसपछि चिडियाखाना प्रशासनले १५ वर्षको त्यस बाँदरलाई मानिसहरुबाट टाठा राख्दै आएको छन् ।त्यस्तै, सन् २०१० मा एक दक्षिण अफ्रिकाको चिन्पान्जी चार्लीपनि आफ्नो चुरोट पिउने बानीले धेरै चर्चामा आएका थिए । ५२ वर्षको उमेरमा चार्लीको मृत्यु भएको थियो ।चिडिखाना प्रशासनले धेरै कोशिस गरेका थिए चि चार्लीको यो बानीलाई छुटाउन तर उनीहरु असफल भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया