काठमाडौं । लामो समयसम्म साथ रहने कपल्सको एक समयपछि पहिलाको जस्तो उत्साह रहँदैन । विशेष गरेर सेक्सलाई लिएर उत्साह कम हुँदै जान्छ ।
यसैबीच मनोवैज्ञानिकहरुले यस पछाडिको कारण बुझ्ने प्रयाश गरेका छन् । सयौँ मानिसहरुमा गरिएको रिसर्चमा कपल्ससँग रोमान्समा पहिलेको जस्तो उत्साह किन हुँदैन भनेर सोधिएको थियो ।
यो स्टडी इभोल्यूशनरी साइकोलोजी पत्रिकामा प्रकाशित भएको छ । यो स्टडीमा भ्यालेन्टियर्ससँग केहि प्रकारका प्रश्नहरु सोधिएको थियो ।
यसबाट मनोवैज्ञानिकहरुले ७८ वटा कारढण पत्ता लगाएका छन् ।यसमध्ये सबैभन्दा पहिलो कारण हो उत्साह कम हुँदै जानु ।
साथै अर्को समयको कमी, साथै अर्को पार्टनरले हरेक समय उनीहरु माथि नजर राख्ने र दबाब महशुस गर्ने तेश्रो कारण रहेको छ ।
साथै सूचीको दशौँ स्थानमा सेक्सको समयमा एक्सको याद आउनेको डर, पार्टनरसँग बोर हुने कारण जस्ता थिए । साथै केहि कारण्ढा भने पार्टनरसँग सधैँ भईराख्ने साथी र नातेदारका कारण पनि कमी भएको पाइएको थियो ।
पार्टनरले रक्सी पिउने, जुवातास खेल्नाले पनि सेक्स लाइफ खराब भएको बताइएको छ । रिसर्चमा महिला र पुरुषको उत्तर मिल्दोजुल्दो नै पाइएको थियो ।
धेरैजसो पुरुषले उनीहरु पार्टनर राम्रो बन्न नसकेको स्विकारेका थिए । साथे महिलाले भने धेरै समय काम गर्नाले पनि सेक्स लाइफ कम हुनुको कारण बताएका थिए ।
ढिलासम्म काम गर्ने मानिसले पार्टनरसँग तालमेल नमिल्ने तथा असहमतीको कारण बताएका थिए । यो बाहेक यौनेच्छा नष्ट हुनुको कारण पार्टनरको चरित्र र उसको बानी जस्ता कारण पनि रहेका छन् ।
साथै अर्को कुरा भनेको प्रेममा धोका खाएकाहरुको यौनेच्छा कम भएको पाइएको थियो ।
यो रिसर्च साइप्रसको निकोसिया यूनिभर्सिटीका शोधकर्ताहरुले गरेका हुन् । स्टडीका प्रमुख लेखक प्रोफेसर मेनेलेओस अपोस्टोले द मेललाई सम्बन्धमा अन्तरंगता हुनु आवश्यक रहेको बताएका छन् । तर कसैलाई भने यस्तो गर्न धेरै कठीन हुन्छ ।
अन्तरंगताको कमीका कारण केहि मानिस भावनात्मक रुपमा दुख महशुस गर्दछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया