काठमाडौं । असोज महिनामा ५ बिहीवार र शुक्रवार र सूर्यसंक्रान्ति बिहीवार परेको छ । आश्विन कृष्णपक्ष,अधिक आश्विनशुक्लपक्ष र अधिक आश्विनकृष्ण पक्ष असोज महिनामा परेकोछ । आश्विनशुक्ल र कार्तिक कृष्णपक्ष कार्तिक महिनामा परेको छ । शनिबासरिय सक्रान्तिले उत्च पदस्थहरु बीत शक्ति संघर्षमा केहि बीवाद भएपनि अन्ततः मिलेरै जाने सहमती जुट्नेछ ।
५ आईतवार परेको हुनाले रोगव्याधि बढ्ने र विश्वव्यापी फैलदै गरेको कोभिड १९ नोवेल कोरोना भाईरस जनस्तरमा फैलदै जाने तथा रोगीहरु बढ्ने तथा मृतकको संख्या पनि बढ्नेछ । ५ शनिबारले मंहगी बढ्ने तथा मंहगी राज्यको नियन्त्रण भन्दा बाहिर नजाला भन्न सकिन्न । मुख्य खाद्यान्नहरु,रसवस्तु,बहुमूल्य धातु,मसलाजन्य वस्तुको मुल्य वृद्धि भएपनि लत्ता कपडाहरु केहि सस्तो हुनेछन् । तरपनि आर्थिकमा उतार चढाव आईरहनेछ । व्यापार व्यवसाय विगत महिनाभन्दा केहि मात्रामा सुधार भई आर्थिक सुचाङ्कहरु बृद्धि हुनेछन् । दैनिक उपभोग्य,कृषिजन्य,पशुजन्य र वित्तिय क्षेत्रबाट राम्रै उपलब्धि हासिल हुनेछ ।
स्वास्थ्य विज्ञान र शिक्षाको क्षेत्रमा गरिएका प्रयासहरु सकारात्मक बाटोमा नै अगाडि बढ्नेछन् । राजनीतिक शक्तिहरु एकआपसमा मिलेर अगाढि बढेपनि जनताप्रति र जनताका समस्याप्रति खासै गम्भिर बन्ने छैनन् । प्रशासनिक कार्यमा उत्साहजनक काम भई अगाडि महिना भन्दा राजस्व बढ्नेछ ।
सामाजिक कुरिती र भ्रमहरुलाई चिर्दै पापीय मनोवृतिमा ह्रास आउनेछ । जनतामा धार्मिक कार्यमा रुचि बढ्ने तथा धर्मकर्ममा लाग्नेहरुको उत्थान हुदै जानेछ । पापीय क्रियाकलाप निरुत्साहित हुदै जानेछ । अनावश्यक खर्च नियन्त्रणमा आउनाले आर्थिक सन्तुलन स्थिर नै हुनेछ ।
दैवी बिपत्ति तथा सवारी दुर्घटनाहरु अघिल्लो महिनाभन्दा केहि घट्नेछ । महिनाको पूर्वाद्र्ध छिटपुट वर्षातको संभाव्यता रहेको छ । अन्त्यतिर घमाईलो परिस्थिति रहनेछ । सर्वत्र सुखद घटनाको बाहुल्यता रहें पनि दक्षिणी भेगतिर अशान्त वातावरण देखिएला ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया