श्रीमतीलाई फोनमा ‘मलाई कोरोना भयो म मर्दैछु’ भनेका श्रीमान कोठामा प्रेमीकासँग भेटिएपछि !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

हरेक दिन कोरोना भाइरसका कारण हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनेका छन् ।

यसैबीच भारतको मुम्बईमा एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँका एक व्यक्ति आफ्नी श्रीमतीलाई आफूलाई कोरोना भएको र अब मर्ने भनेर धम्क्याउँदे आफू प्रेमीकासँग गउको कुरा पत्ता लागेको हो ।

श्रीमतीले जब श्रीमानले ‘मलाई कोरोना भयो, म मर्दैछु’ भने, त्यसपछि पुलिस थानामा रिपोर्ट दर्ता गराउन पुगिन् ।

करिव एक महिना पछि पुलिसले उक्त व्यक्तिलाई प्रेमीकाको साथमा एक कोठामा समातेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त व्यक्ति २८ वर्षीय रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?