काठमाडौं । नासा र एस्टी लाउडर स्किन केयर कम्पनी यो महिनाको अन्तिममा एक नयाँ कीर्तिमान बनाउन गईरहेको छ ।
पहिलो पटक कुनै स्किन केयर कम्पनी आफ्नो उत्पादनको कमर्शियल विज्ञापन अन्तर्राष्ट्रिय स्टेशनमा खिचाउँदै छ । यस मार्केटिङ डिलमा करिव १.२८ लाख डलर खर्च हुनेछ ।
जसमा शूटमा भाग लिने महिला अन्तरिक्ष यात्रीहरुको १७ हजार ५०० डलर प्रति घण्टाको शुल्क पनि सामेल छ ।
यो नासाको अन्तर्राष्ट्रिय अन्तरिषा स्टेशनमा अहिलेसम्मको सबैभन्दा ठूलो व्यवसायिक गतिविधि हुनेछ । जसमा अन्तरिक्ष यात्री आईएसएसको सुक्ष्मजीव पर्यावरण सौन्दर्य उत्पादनको लागि शूटिङ हुनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया