काठमाडौँ, १० असोज -सरकारले प्रदेश प्रमुखलाई मासिक तलब एक लाख चार हजार रुपैयाँ दिने व्यवस्थासहितको विधेयक तयार पारेको छ । जसमा पारिश्रमिक ६४ हजार र अतिथि सत्कारका लागि ४० हजार रुपैयाँ रहनेछ । सो विधेयक सोमबार संसद् सचिवालयमा दर्ता भएको छ । ४ कात्तिकसम्म कार्यकाल रहेको चालू संसद्बाटै पारित गर्ने गरी यो विधेयक ल्याइएको हो । प्रत्येक प्रदेशमा आफ्नो प्रतिनिधिका रूपमा सरकारको एकजना प्रदेश प्रमुख रहने संवैधानिक व्यवस्था छ । सरकारले प्रदेश प्रमुखका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । संविधानको धारा ६३ अनुसार राष्ट्रपतिले पदमुक्त नगरे प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुनेछ, नयाँ पत्रिकामा खबर छ ।
पारिश्रमिक : मासिक ६४ हजार अतिथि सत्कार भत्ता : मासिक ४० हजार निजी चिकित्सक : एकजना सचिवालय : १२ सदस्यीय पोसाक भत्ता : वार्षिक १८ हजार अन्य सुविधा : सवारीसाधन उपलब्ध गराइने, आवश्यकताअनुसार विज्ञ राख्न सक्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया