विषाक्त रसायन भेटिएपछि ९ कम्पनीको स्यानिटाइजर बिक्रीमा रोक

काठमाडौं । विषाक्त रसायन भेटिएपछि विभिन्न ९ कम्पनीको स्यानिटाइजर बिक्रीमा रोक लगाइएको छ ।

थप ९ वटा स्यानिटाइजरको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

उत्पादित स्यानिटाइजरमा विषाक्त रसायन मिथानेल भेटिएपछि औषधि व्यवस्था विभागले प्रतिबन्ध थप ९ कम्पनीमा प्रतिवन्ध लगाएको हो ।

विभागले सरोकारवालाहरूलाई इन्स्टायान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६ विपरीत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन मिथानेल राखिएको र प्रतिबन्ध लगाइएका स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न आग्रह समेत गरेको छ ।

ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजरको बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएको हो । यस्तै कालिकाकै ड्रोन ह्याण्ड स्यानिटाइजर (सादा) को बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।

त्यस्तै शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर, क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरलाई प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?