विद्युतीय धरापमा परी १८ अर्धसैनिकको मृत्यु

बगदाद, २९ फागुन – इराकको किर्कुक प्रान्तमा पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी १८ जना अर्धसैन्य बलका अधिकारीको मृत्यु भएको समाचार छ ।उक्त धराप इस्लामिक स्टेट (आईएस) ले थापेको जनाइएको छ । धरापमा परी मृत्यु हुनेहरू सबै जना हासद शाबीका अर्थसैन्य बलका लडाकू रहेका अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका बेला सोमबार राति सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ ।हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको बाहिनीका १८ जना अर्धसैनिकको मृत्यु भएको पुष्टि गरेका छन ।धरापमा परी उक्त बलका आठवटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फ भएको कुनै क्षतिका बारेमा भने कुनै पनि जानकारी नआएको अधिकारीहरूले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?