नेपालमा ‘ओपो एफ१७ प्रो’ आजबाट बिक्री शुरु

काठमाडौं । ओपोले नेपालमा आजबाट अर्थात असोज १५ बाट एफ१७ प्रोको बिक्री आरम्भ गरेको छ ।

कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको बिक्री खुल्ला गरेको हो । सेप्टेम्बर २७मा एक अनलाइन लञ्च ईभेन्ट मार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशिप मोडल ओपो एफ१७ प्रोका साथमा एन्को डब्ल्यू ५१ र ओपो वाट्चेज पनि सार्वजनिक गरेको थियो ।

८जीबी -याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१७ प्रोको मूल्य नेपालमा ४३ हजार ९ सय ९० निर्धारण गरेको छ । कम्पनीले स्मार्टफोन म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

ओपो एफ१७ प्रोमा ६.४३ ईञ्च सुपर एमोलेड एफएचडी+ डिस्प्लेका साथमा १६एमपी + २ एमपी फ्रण्ट क्यामेरा सेटअपका लागि डुअल पञ्च-होल कटआउट दिइएको छ । यस स्मार्टफोनको ब्याक प्यानलमा ४ ओटा क्यामेरा सेन्सरको ब्यवस्था गरिएको छ । तिनमा ४८एमपीको प्राइमरी क्यामेरा, ८एमपी अल्ट्रा वाइट, २एमपी माक्रो र २एमपी डेप्थ सेन्सर रहेका छन् । ओपोका अनुसार एफ१७ प्रो “सन् २०२०कै स्लिकेस्ट फोन” हो । यसको मोटाई ७.४एमएम अल्ट्रा-थिन र वजन जम्मा १६४ ग्रामको अल्ट्रा-लाइटवेट बडी छ ।

ओपो एफ१७ प्रोमा एण्ड्रोइड १०मा आधारित कलर ओएस ७.२ सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ । ओपो१७ प्रो नयाँ कलर ओएस भर्जनका साथमा सार्वजनिक हुने पहिलो ब्याट्चका स्मार्टफोन्स मध्यको हुनेछ । प्रयोगकर्ताका जीवनस्तर उकास्न यसमा अझ बढी फञ्शन्सहरु उपलब्ध गराइएको कम्पनीको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?