काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते बुधबारदेखि ३० करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ३० कारोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । आइपिओको आंकित दर १०० रुपैयाँनै रहेको छ । ३० लाख कित्ता शेयर निष्काशन गर्दा ४ प्रतिशत कर्मचारीका लागी छुटाइएको छ भने ५ प्रतिशत म्युचल फन्डका लागी छुटाइएको छ । बाँकि भने आम सर्वसाधरणका लागी छुटाइएको छ ।
कित्ताका आधारमा कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टाएर बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन हुन लागेको हो ।
उक्त साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि एक अर्ब रुपैयाँ पूँजी पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया