सिद्धार्थ बैंक लिमिटेडको ८.५० प्रतिशत एसबिएल डिबेन्चर २०८४ ऋणपत्र निष्काशन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७७ असोज १६ गते देखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले प्रति कित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ८.५० प्रतिशत एस.बि.एल. डिबेन्चर २०८४ बिक्री खुला गरेको हो । जस्मा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउन सकिने बैंकले जनाएको छ ।

बैंकले ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ । लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

यसको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ र यस ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले पर्याप्त मात्रामा सुरक्षा जनाउने “[ICRANP-IR] A-@” रेटिङ्ग दिएको छ । ऋणपत्र निष्काशन बन्द हुने मिति छिटोमा २०७७ असोज २० गते र ढिलोमा असोज ३० गते रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?