भारतमा असोज २९ गतेदेखि विद्यालय खुल्ने, नेपालमा कहिले ?

काठमाडौं – भारतमा कोरोना भाइरस ‘कोभिड – १९’ महामारीका कारण रोकिएका विद्यालय र कलेज असोज २९ गतेदेखि खुल्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार लकडाउनको अन्त्य गर्दै भारतले असोज २९ गतेदेखि स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको हो । शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्ने समाचारमा जनाइएको छ ।

यस्तै असोज २९ गतेदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरन्जन स्थल खोल्न शर्तसहितको अनुमति भारत सरकारले दिईसकेको छ ।

तर नेपालमा गत असोज ५ गतेदेखि खोल्ने भनिएतापनि हालसम्म सरकारले कुनै निर्णय गरेको छैन । आज नेपालमा हालसम्मैको अत्याधिक संख्यामासंक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या २१ हजार नाघेको छ । यस्तो विषम परिस्थितीमा कहिले र कसरी विद्यालय खोल्ने भन्नेविषयमा कुनै जानकारी छैन । यो शैक्षिक शत्रमा केहि समय अघिदेखि एकाध विद्यालयले मात्रै कक्षा सञ्चालन गरेका छन् । विभिन्न नीजि विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?