कस्तो रह्यो साताको शेयर बजार ? ‘सोल्टि’को एकै दिन आधा अर्ब बराबरको कारोबार देखि पूर्व अर्थमन्त्री राजदूतसम्म !

काठमाडौं । यस साता शेयर बजार पसिुचक नेप्से ९.७७ अंकले उकालो लागेको छ । गत साता १५६१.२७ अंकमा बन्द भएको बजार यस साता ९.७७ अंकले वृद्धि भएर १५७१.०४ अंकको बिन्दुमा यस साताका लागी बजार बन्द भएको छ ।

९.७७ अंकले बढेको बजारमा कुल बजार पूँजीकरण पनि १३ अर्ब भन्दा धेरैले वृद्धि हुँदै २० खर्ब ९३ अर्ब १४ करोड ९२ लाख १३ हजार ४ सय ६९ रुपैँया २४ पैसा कायम भएको छ ।

कारोबारको ५ दिनमा शुरु र अन्तिमको कारोबार दिन अर्थात आइतबार र बिहीवार शेयर बजारमा वृद्धि देखिएको थियो भने बाँकि ३ दिन शेयर बजार घटेको थियो ।

यस साता शेयर बजारमा कुल १ लाख ८९ हजार ९ सय १५ पटकको कारोबारमा जम्मा ५ करोड २२ लाख ९ हजार ३ सय ९४ कित्ता शेयरको खरिद बिक्री भएको छ । त्यस्तै कारोबार रकम भने ११ अर्ब नाघेको छ ।

कारोबारको २ दिन बढेको र ३ दिन घटेको बजारमा कुल ११ अर्ब ४१ करोड ४३ लाख ९९ हजार ३ सय ११ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ ।

पहिलो कारोबार दिन

साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार परिसुचक नेप्से ४.२९ अंकले उकालो लागेको थियो । आइतबारको शेयर बजार १५६५.५६ अंकको विन्दुमा कारोबार बन्द भएको थियो । यस्तै सेन्सीटिभ परिसुचक ०.२९ अंकले वृद्धि भई ३१०.४८ अंकको बिन्दुमा रहेको थियो । आइतबार १९१ वटा कम्पनीको ४२ हजार ७२ पटकको कारोबारमा १ करोड ९९ लाख ५६ हजार ३ सय ७२ कित्ता शेयर खरिद विक्रिहुदाँ ३ अर्ब १३ करोड ३० लाख २६ हजार ९ सय ८७ रुपैया ८८ पैसा बराबरको कारोबार भएको थियो । आइतबार सोल्टी होटल लिमिटेडको ४८ करोड भन्दा धेरैको कारोबार भएको थियो ।

दोस्रो कारोबार दिन

सोमबार शेयरबजारमा ४.७३ अंकको करेक्सन देखिएको थियो । सोमबार ०.३० प्रतिशतले घटेको बजारमा १ अर्ब ६९ करोड भन्दा धेरैको कारोबार भएको थियो । अल्पकालीन लगानीकार्ताहरु हाबि हुँदा सोमबार शेयर बजार परिसुचक नेप्से ४.७३ अंकले ओरालो लाग्दै १५६०.८३ अंकको विन्दुमा बजार बन्द भएको थियो । यस्तै सेन्सेटिभ परिसुचक पनि ०.८७ अंकले ओरालो लाग्दै ३०९.६१ अंकको बिन्दुमा कारोबार बन्द भएको थियो । सोमबार १ सय ९१ कम्पनीको कुल ३० हजार ५ सय ९६ पटकको कारोबारमा ६९ लाख ९७ हजार ४ सय २० कित्ता शेयरको खरिदविक्रि हुदाँ १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५ सय २४ रुपैँया ९६ पैसाको कारोबार भएको थियो । सोमबार कारोबारमा आएका १२ उप समुहमध्य १० उप समुहको परिसुचकमा गिरावट आएको छ भने विकास बैंक र फाइनेन्स समुहको परिसुचकमा मात्र वृद्धि देखिएको थियो ।

तेस्रो कारोबार दिन

मंगलबार शेयरबजार परिसुचक नेप्से ७ दशमलव २१ अंकले ओरालो लागेको थियो ।०.४६ प्रतिशतले घटेको बजारमा १२ वटा कम्पनीको शेयरमूल्यमा भने सकारत्मक सर्किट लागेर ९ प्रतिशत भन्दा धेरैले शेयरमूल्य बढेको थियो । मंगलबार १९२ वटा कम्पनीको ३३ हजार ९ सय ३३ पटकको कारोबारमा ७३ लाख ५ हजार १ सय ११ शेयर कित्ताहरु खरिद विक्रिहुदाँ १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९ सय ६८ रुपैया २६ पैसा बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबारको कारोबारमा शेयरबजार परिसुचक नेप्से १५५३.६२ अंकको विन्दुमा बजार बन्द भएको थियो । त्यस्तै सेन्सेटीभ परिसुचक पनि १.७९ अंकले ओरालो लाग्दै ३ सय ७ दशमलव ८२ अंकको विन्दुमा कारोबार बन्द भएको थियो । ७ अंक भन्दा धेरैले ओरालो लागेको बजारमा जलविद्युत समुहको परिसुचक भने दोहोरो अंकले वृद्धि भएको छ ।

चौथो कारोबार दिन

बुधबार शेयर बजार परिसुचक नेप्से ३ दशमलव १९ अंकले ओरालो लाग्दा नेप्से परिसुचक १५५०.४३ अंकको विन्दुमा बुधबारको बजार बन्द भएको थियो । सेन्सीटीभ परिसुचक पनि शुन्य दशमलव ६४ अंकले घट्दा सेन्सीटिभ परिसुचक ३ सय ७ दशमलव १८ अंकको विन्दुमा बुधबारको कारोबार बन्द भएको थियो । बुधबार १९० कम्पनीको ३६ हजार २ सय ८२ पटकको कारोबारमा ८० लाख १९ हजार ६ सय ६१ कित्ता शेयरको खरिदविक्रि हुदाँ १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६ सय ९३ रुपैया ५८ पैसा बराबारको कारोबार भएको थियो । साताको दोस्रो दिनबाट घटेको बजारमा लगानीकर्ताको आकषर्ण भने सस्तो दरका शेयरहरुमै रहेको थियो । घटेको बजारमा पनि ८ जलविद्युत कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा घेरैले वृद्धि भएको थियो त्यसमध्ये २ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको थियो ।

साताको अन्तिम कारोबार दिन

बिहीवार शेयर बजार परिसुचक नेप्से २० दशमलव ६१ अंकले उकालो लागेको थियो । १ दशमलव ३३ प्रतिशतले वृद्धि भएको बजार १५ सय ७१ दशमलव ०४ अंकको बिन्दुमा यस साताको बजार बन्द भएको थियो । यस्तै सेन्सेटिभ परिसुचक पनि २ दशमलव ९८ अंकले वृद्धि भएर ३ सय १० दशमलव १६ अंकको बिन्दुमा बजार बन्द भएको थियो । बिहीवार कारोबारमा आएका १ सय ९२ कम्पनीको ४७ हजार ३२ पटकको कारोबारमा ९९ लाख ३० हजार ८ सय ३० कित्ता शेयरहरुको खरिद विक्रिहुदाँ २ अर्ब ८० करोड ७७ लाख ८ हजार १ सय ३७ रुपैयाँ २७ पैसा बराबरको शेयर कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन निवर्तमान अर्थमन्त्री प्रधानमन्त्रीको आर्थिक सल्लाहाकारबाट हटेर अमेरिकी राजदूत चयन भएपछि, अर्थतन्त्र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको नियन्त्रणबाट बाहिरजाने आकंलनले लगानीकर्ताहरु उत्साहित देखिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?