—केदार मगरखोटाङ, ३० फागुन – जिल्ला अस्पताल खोटाङमा विद्युत् र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ । पन्ध्र श्यया रहेको अस्पतालमा विस्तार गरिएको विद्युत् र खानेपानी नियमित सञ्चालन नहुँदा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई सास्ती भएको हो ।अस्पतालमा विद्युत्को उचित व्यवस्था नहुँदा बिरामीका आफन्तले आफैँ जेनेरेटर भाडामा लिएर चलाइरहेका छन् । अस्पतालमा रहेको जेनेरेटर दुई महिनाअघि देखि बिग्रिएर थन्किएपछि विद्युत्को वैकल्पिक व्यवस्थाका लागि बिरामीका आफन्तले बाध्य भएर आफैँ भाडा तिरेर जेनेरेटर चलाइरहेका हुन् ।जिल्लाको एक मात्र अस्पतालमा अहिले जडान गरिएको विद्युत्बाट बत्ती मात्र बल्ने गरेको छ भने तीन दिनदेखि बन्द रहेको खानेपानी अझै सञ्चालन भएको छैन । जिल्ला अस्पतालमा जडान गरिएको विद्युत् र खानेपानी आइतबार दिउँसो परेको असिनापानीले एकैसाथ बन्द गराएको अस्पताल स्रोतले जनाएको छ ।अस्पतालमा विस्तार गरिएको कम क्षमताको विद्युत्ले काम नगरेपछि विशेषगरी श्वासप्रश्वासका बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ । “अस्पतालले कुनै व्यवस्था नगरेपछि आमाको ज्यान बचाउन आफैँले भाडा तिरेर जेनेरेटर चलाइरहेको छु”, पीडित सोल्माका सन्तोष राईले भने, “यसप्रति तत्काल सम्बन्धित निकायको ध्यान जानुप¥यो ।”दुई दिनअघि देखि अस्पताल भर्ना गराएर आमाको उपचार गराई रहनुभएका राईले जेनेरेटर चलाउन लाग्ने पेट्रोलसमेत आफैँले खरिद गरेका छन । राईकी आमासँगै अस्पताल भर्ना भएर उपचार गराइरहेका अन्य बिरामीका लागि पनि उस्तै समस्या रहेको बिरामीका आफन्तले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया