नेताको ‘होस्टे’मा ‘हैँसे’ गर्न राजनीतिमा कलाकार !

  • अनिल थापा क्षेत्री

काठमाडौं, ३० फागुन – भनिन्छ, कलाकार राष्ट्रका गहना हुन् । कलाकार कुनै पार्टीका होइनन् । कलाकारले निष्पक्ष भएर आफ्नो कलाको माध्यमबाट विभिन्न समाज परिवर्तन र राजनीतिलाई चेतावनी दिन सक्नुपर्छ ।तर नेपालमा भने कलाकारले गरेको अभिनयको कम र व्यक्तिगत जीवनको ज्यादा चर्चा हुन गर्छ । व्यक्तिगत जीवनको एक पाटोमध्ये राजनीतिलाई पनि हेर्ने गरिन्छ ।केही कलाकार अभिनयभन्दा धेरै राजनीतिमा सक्रिय देखिने गरेका छन् । खुलेरै राजनीतिको वकालत गर्दै हिँड्ने कलाकार सतहमा देखिएपनि धेरै कलाकार राजनीतिसँग कुनै न कुनै माध्यमले जोडिइरहेका छन् ।

तर यसरी कलाकारितासँगै पार्टीसँग जोडिएका कलाकारलाई कतिले पार्टीको झोला बोेकेर हिँडेको भन्ने आरोप लगाउने गरेका छन् ।

तर यसरी कलाकारितासँगै पार्टीसँग जोडिएका कलाकारलाई कतिले पार्टीको झोला बोेकेर हिँडेको भन्ने आरोप लगाउने गरेका छन् । त्यसैले पनि धेरै कलाकार खुलेर पार्टीको वकालत गर्न सकेका छैनन् ।अभिनेत्री करिष्मा मानन्धर पछिल्लो समय अभिनयमा भन्दा बढी राजनीतिमै सक्रिय हुने गरेकी छिन् । चाहे सामाजिक सञ्जाल होस्, या अन्य माध्यम, करिष्मा राजनीतिमा उत्तिकै सक्रिय देखिन्छिन् । पछिल्लो समय खुलेरै बाबुराम भट्टराईको ‘नयाँ शक्ति’ पार्टीमा खुलेर लागेकी छिन् उनी । पार्टीका हरेक गतिविधिमा उनी सक्रिय देखिन्छिन् ।करिष्मा राजनीतिमा लाग्नुको कारण समाज परिवर्तन गर्ने बलियो हतियार राजनीति भएकाले आफू राजनीतिमा होमिएको बताउँछिन् । उनी व्यक्तिगत फाइदाका लागि राजनीतिमा नलागेको तर्क दिन्छिन् । ‘व्यक्तिगत फाइदाका लागि भन्दा पनि समाज परिवर्तनका हिसाबले केही गर्न सकियोस् भनेर म राजनीतितिर धकेलिन पुगेकी हुँ’, करिष्मा भन्छिन्, ‘पहिलेदेखि नै मभित्र सामाजिक काममा सक्रिय भएर लाग्ने इच्छा थियो, मेरो त्यही इच्छा पूरा गर्न राजनीतिमा लागेकी हुँ, राजनैतिक परिवर्तन एकैपटक हुने कुरा त होइन, तर बिस्तारै परिवर्तन हुनुमा मेरो पनि भूमिका रहनेछ ।’उनी परिवर्तनका लागि आफू राजनीतिमा लागेको र देशको हरेक पक्षमा स–साना कुरा पनि राजनीतिमा जोडिएकाले आफूले खुलेरै राजनीतिमाथि तर्क गरेको बताउँछिन् । ‘हुन त मैले व्यावसायिक कलाकारिताका माध्यमबाट पनि परिवर्तन ल्याएकी थिएँ होला, तर राजनैतिक करिअरले मलाई अझै सहज बनाउने छ’, उनी थप्छिन्, ‘कलाकारले झोला बोकेर हिँडे भन्ने पनि सुनिन्छ तर मलाई के लाग्छ भने कलाकार मात्र हैन, देशका हरेक नागरिक राजनीतिमा जागरुक हुनुपर्छ ।’पत्रकार र गायिका हुँदै राजनीतिमा छिरेकी अर्की कलाकार हुन् – कोमल वली ।राजनीतिमा लाग्नका लागि रेडियो नेपालको जागिर समेत छोडेकी वली अहिले एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य भएकी छिन् । अभिनय यात्रा हुँदै उनी यतिबेला संसद भवनको यात्रामा समेत पुगिसकेकी छिन् । वलीले संसद भवनमा सपथ लिएपछि आफूलाई अत्यन्तै खुशी लागेको र अब देश र जनताका लागि काम गर्ने बताएकी थिइन् ।खासगरी तीजका गीत गाएर चर्चामा आउने वली यस वर्ष पनि तीजको गीत बजारमा ल्याउने योजनामा छिन् ।त्यस्तै अभिनेत्री रेखा थापा पनि राजनीतिमा सक्रिय हुन खोजेकी छिन् । तर उनको राजनैतिक यात्रा भने खासै अस्थिर बन्न सकेको देखिएको थिएन ।

माओवादी केन्द्रमा प्रवेश गरेकी अभिनेत्री तथा निर्मात्री रेखा थापा माओवादीबाट कमल थापाको राप्रपा नेपाल हुँदै उनी राप्रपा प्रजातान्त्रिक पार्टीमा सक्रिय भएर लागेकी छिन् ।

माओवादी केन्द्रमा प्रवेश गरेकी अभिनेत्री तथा निर्मात्री रेखा थापा माओवादीबाट कमल थापाको राप्रपा नेपाल हुँदै उनी राप्रपा प्रजातान्त्रिक पार्टीमा सक्रिय भएर लागेकी छिन् ।उनले बेलाबेलामा भन्दै आइरहेकी छिन्, ‘सिनेमाले मात्र समाज परिवर्तन गर्न नसक्ने भएकाले मैले राजनीति थालेकी हुँ ।’पछिल्लो समय सानो पर्दाका कैयन् कलाकार पनि राजनीतिमा होमिएका छन् । हास्य श्रंखला ‘मेरी बास्सै’ का कलाकार सुरवीर पण्डित माओवादी पार्टीमा लागेका थिए । तर अहिले भने उनी खासै सक्रिय देखिएका छैनन् ।सुरवीर आफू राजनीतिमा सक्रिय भएर नलागेपनि सदस्यता लिएको बताउँछन् । आफूले नेतालाई घच्घच्याउनका लागि राजनीतिमा लागेको उनी बताउँछन् । ‘राजनीतिमा खासै सक्रिय त छैन तर चुनावका बेलामा अलिक बढी नै सक्रिय भइन्छ, अहिले राजनीतिमा खासै छैन भन्दा हुन्छ’, लोकपथसँगको कुराकानीमा उनी भन्छन्, ‘नेताको होस्टेमा हैसे गर्न मात्र राजनीतिमा लागेको हो, खासै फाइदा छैन ।’सुरवीर व्यक्तिगत रुपमा खासै कुनै फाइदाका लागि नभएर नेतालाई सघाउ पु–याउन राजनीतिमा लागेको बताउँछन् ।‘मेरी बास्सै’ बाटै ‘माग्ने बूढा’ का रुपमा चम्किएका केदार घिमिरे पनि चुनावका बेलामा माओवादीको समर्थनमा हिँडे । तर पछि उनले आफू कलाकार भएका नाताले कार्यक्रममा गएको तर राजनीतिमा नलागेको अभिव्यक्ति दिएका थिए ।त्यस्तै वरिष्ठ अभिनेता नीर शाह पनि नेपाली कांग्रेसमा आवद्ध छन् । त्यस्तै अर्का अभिनेता युवराज लामा माओवादीका तर्फबाट राखेप (राष्ट्रिय खेलकुद परिषद) का सदस्य सचिब भइसकेका छन् ।अभिनेता भुवन केसी पनि एमाले निकट भएको हल्ला चलेको थियो । कुनै समय उनी एमालेका तर्फबाट राजनीतिमा लागेको बताइएको थियो । चुनावताका उनी एमालेका तर्फबाट उम्मेदवारी दिने चर्चा पनि नचलेको होइन । तर पार्टीभित्र नै विरोध भएपछि उनलाई टिकट नदिएको बताइन्छ । आजभोलि भने भुवन केसी राजनैतिक रुपमा भने त्यति सक्रिय देखिँदैनन् । उनी फिल्म क्षेत्रमै बढी सक्रिय छन् ।त्यस्तै अभिनेत्री रुपा राना नेपाली कांग्रेसमा आवद्ध छिन् भने मेलिना मानन्धर, राजकुमार राई, नवल खड्का लगायतका चर्चित कलाकार पनि कुनै न कुनै पार्टीसँग आवद्ध भएको बताइन्छ ।सिनेमाका कलाकार मात्र होइन, संगीतकर्मी पनि खुलेरै राजनीतिमा लागेका छन् । लोक गायक बद्री पंगेनी एमाले निकट भएको बताइन्छ । त्यस्तै लोक गायक सुनिल थापा, युवराज चौलागाईं लगायतका कलाकार पनि राजनीतिसँग आवद्ध भएको बताइन्छ ।त्यसो त कलाकारका संगठन पनि कतै न कतै राजनीतिकै वरिपरि रहेर गठन गरिएका हुन्छन् भनेर भन्ने नगरिएको पनि होइन । तर पछिल्लो समय कलाकार पनि राजनीतिमा खुलेरै देखिने गरेका छन् । तर कलाकार राजनीतिमा लाग्नु राम्रो होइन भन्ने कारणले गर्दा राजनीतिको साख पालेका धेरै कलाकार राजनीतिमा छिर्न नसेकेको यस क्षेत्रका कतिपयले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?