एनसेलले ल्यायो ‘कुरै कुरामा उपहार’ योजना

काठमाडौं । चाडपर्वको आगमनसँगै, एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदालिँदै जति धेरै फोनमा कुरा त्यतिनै उपहार पाउने योजना एनसेलले ल्याएको छ । उक्त योजनामा दैनिक, साप्ताहिक र बम्पर उपहारहरु समावेश गरिएको छ ।

एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गदै उक्त नयाँ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विशेषताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबार (असोज १८) देखि लागु भई आठ हप्ताअर्थात मंसिर १३ सम्म कायम रहनेछ ।

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागिहुन सक्नेछन् । यस योजनामा सहभागिहुने बित्तिकै ग्राहकले हरेक दिनभ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चितमिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यहीदिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्न योग्य रहने कम्पनीले जनाएको छ ।

यस आकर्षक योजनाको उपहारका रुपमातोकिएको निश्चितमिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जनाग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सात जनाग्राहकलाई सामसुङ ग्यालेक्सी एम ०१ एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?