प्रदेश ५ प्रदेशसभा बैठक : सांसदहरुले शुरु गरे नाराबाजी र कुर्सी तोडफोड

काठमाडौं । प्रदेश नं ५ को अवरुद्ध प्रदेश सभाको बैठक शुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र तोडफोड शुरु गरेका छन् ।

सभामा प्रदेश नं ५ राजधानी दाङ भालुवाङ सार्ने र लुम्बिनी नामाकरण गर्ने विषयमा सहमती जुट्न नसक्दा प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र तोडफोड शुरु गरेका हुन् ।

सांसदहरुको नाराबाजीकाबीच पनि राजधानीको नामाकरण र राजधानी तोक्ने विषयमा छलफल सांसदसहरुले आ आफ्ना भनाइहरु राखिरहेका छन् ।

प्रदेश ५ को मन्त्रिपरिषद्ले प्रदेशको नाम लुम्बिनी र दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव पेश गरेको छ । तर प्रतिपक्षी दल कांग्रेसले एकलौटी तवरले निर्णय गरेको भन्दै राजधानी तोक्ने र नामाकरण गर्ने विषयमा असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ ।

आज बसेको प्रदेश नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई दाङको विषयमा मतदान गर्न आग्रह ह्वीप जारी गरेको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

केही घण्टा रोकिएको बैठक शुरु नहुँदै सांसदहरुले पुनः नाराबाजी गर्न थालेका छन् । मर्यादा पालकहरुले उनीहरुलाई छेकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?