प्रदिप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डर

काठमाडौंं । नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्त कलाकार अभिनेता प्रदिप खड्का र अभिनेतृ कृष्टिना गुरुङलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ती गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ अभिनित प्रभु बैंक लिको विज्ञापन सार्वजनिक गरिएको थियो ।

नेपाली सिनेमा जगतका ख्यातिप्राप्त कलाकारद्धय प्रदिप खड्का र कृष्टिना गुरुङ प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएसँगै सर्वसाधारणमा प्रभु बैंक प्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?