काठमाडौं, १ चैत । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका–काठमाडौं उडान बन्द गरेको छ ।युएस बंगलाले विमान अभाव भएका कारण काठमाडौं–ढाका उडान बिहीबारदेखि केही समयका लागि बन्द गर्नुपरेको बताए ।बंगलादेशको ढाकाबाट ७१ जना यात्रु लिएर काठमाडौं आएको विमान गत सोमबार त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परि अहिलेसम्म ५१ जनाको मृत्यु भइसकेको छ ।नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान बन्द गरिएको हो ।उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाले काठमाडौं ढाका उडान बन्द गर्नुपरेको युएस बंगलाले बताए ।बंगलादेशको सञ्चारमाध्यम डेली स्टारसँग कुरा गर्दै युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभावका कारण काठमाडौं ढाका बन्द गर्नुपरेको बताए ।युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले बंगलादेशका सञ्चारमाध्यम डेली स्टारसँग कुरा गर्दै विमान अभावका कारण काठमाडौं–ढाका उडान बन्द गर्नुपरेको बताएका छन् भने विमान बन्दबारे त्रिभुवन विमानस्थललाई कुनैपनि जानकारी नआएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन् ।‘अहिलेसम्म हामीलाई उडान बन्द गर्ने बारेमा युएस बंगला विमनबाट कुनै जानकारी आएको छैन, उडान बन्द गर्दा हामीलाई जानकारी गराउने प्रचलन छ ।’ प्रवक्ता ठाकुरले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया