-खेम आचार्यसदियौ देखि बल्किएको पिलोठिक ढङ्गले ननिचोर्दाखिल ननिकाल्दानयाँ पिलोहरुकहिले ढाडमा, कहिले काखिमाकहिले जाघमा त कहिले अप्ठेरो ठाउँमाबसाइँ सरि सरिकनसताउनु सतायोफेरि पनि सताउदै छ ।अब त अति भो दाजै !ऊ बेलामासमाजले ऊ जुनीको पापकर्मको फल भन्दै गर्दाहो कि क्या हो भन्दैपीडा सहदै गर्थ्यौहामी साना मुन्छेहरुभुइँ मान्छेहरु ।तर तिमीकर्मको फल होइन योभाग्यको कुरा होइन यो, भन्दैचेतनाको राँको बाल्यौभ्रमहरु जलायौ रपिलो निचोर्ने अभियानकोअगुवाइ गर्यौ तिमीलेतिम्रा पछि पछिमार्चपास गर्दैकतिले बलिदानी दिएकति टुहुरा भएकतिका काख रित्तिएकति बिधवा त कति बिदुर भएएक दशक जतिसन्चो हुन्छ कि जस्तो भाथ्योतर पिलो जस्ता तस्तै छझन पिडाको साथ बल्किरहेछ / बल्झिरहेछ ।साच्चिकै !तिमीलाई दु:ख्न छाडेकै हो त !तिम्रो पिलो सन्चो भाकै हो र दाज्यै !तर तिमी तशान्त छौ / मस्त छौ ।अघाएको अजिङ्गर जस्तैबेफिक्री लम्पसारकहिले बालुवाटारकहिले सिंहदरबार तकहिले लाजिम्पाट दरबार।कति सुम्सुम्याउनुतिमिले भने झैंसुम्सुम्याएकै होसन्चो हुन्छ कि जस्तो भाथ्योतर अहिलेजति मुसार्यो उति बढ्न थाल्योबल्झी बल्झी दुख्न थाल्योपिलो भनेकोयो त अर्कै पो रहेछ कि ! क्या हो दाज्यै ।पुस्तौं पुस्तासम्मआलो-पालो गर्दैसामाजिक रुपमा सल्कियो त !कहिले सिमा बनेरकहिले नारायणहिटी बनेरकहिले नदिनाला बनेरकहिले टनकपुर बनेरटन टन बल्क्योहुँदा हुँदा आजकल त झननयाँ रुपमा बल्किदै छयस पालि झन मुटु दुख्ने गरिन्यायलय भएर बल्कियो ।टन्टन दुखी रहेछब्लक ब्लक गर्दै ।तर तिमीशान्त छौ / मस्त छौ ।अघाएको अजिङ्गर जस्तैबेफिक्री लम्पसारकहिले बालुवाटारकहिले सिंहदरबार तकहिले लाजिम्पाट दरबारसाच्चिकै !तिम्रो पिलो सन्चो भाकै हो र दाज्यै !हिजो-आज तिम्रा बारेमानाना भाति सुन्नु पर्ने कान थाक्ने गरिअचम्मित हुनु स्वाभाविक नै होपिलो जस्तै तिमी पनिठाउँ सरि सरि / रुप फेरी फेरीदेखिन थाल्यौ त !तिम्रो चित्र र चरित्र देख्दाआत्मा ग्लानि गर्दैएक जोडी छेपारालेआफ्नो अस्तित्व धरापमा परेको भन्दैआत्म हत्या गरेको खबरयतिबेलासञ्चार मिडियामा भाइरल भएको छकस्तो बिडम्बना !तर तिमीबेफिक्री देखिन्छौअघाएको अजिङ्गर जस्तै लम्पसारकहिले बालुवाटारकहिले सिंहदरबार तकहिले लाजिम्पाट दरबारपिलोसँगै जब तिमीब्लक- ब्लक गर्दैआम मान्छेको मनमा दुख्न थाल्यौभुइँ मान्छेको नाममा लड्ने तिमीभुइँ मान्छेकैखुन पसिना चुस्न थाल्यौ रभुइँ मान्छेलाई नै कोच्न थाल्यौके भो र दाजै तिमीलाई !!के आसाध्य रोगले छोएकै हो र !यसपाली त सोच बदलेको छुआफ्नै मन फेरी एक पटक भत्काएको छुअपरेसन गर्नु परे पनिझिर तताएर खोल्नु परे पनितिमीले तयार गरेकोमेथीको लेप लगाएर भएनबलुझारको लेपले पनि छोएन भनेरभुन्टीकी आमालाई भनेको छुर भनेको छु फेरि,हिम्मत निकाल / साहस जुटाऊयसपाली तातो.. रातो झिरलेच्वास्स च्वास्स घोच्दैपिलो फुटाल्नु पर्छछताछुल्ल हुने गरिअनिपशुपतिमा होमन गरेर होइनस्वयम्भुमा सेता परेवा उडाएर होइनहडिदो पानी सहित खिल निकालेरशान्तिको कामना गर्नु पर्छसमृद्धिको शुरूवात गर्नु पर्छतिमिले मैले अनि समाजलेनिर्धक्कशान्तिको सास फेर्नु पर्छभुन्टीकी आमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया