काठमाडौं । बुधबार सुनको मूल्य ८ सय रुपैयाँले ओरालो लागेको छ भने चाँदि पनि प्रतितोला २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी भने प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत कारोबार दिन मंगलबार छापावाल सुनप्रति तोला ९४ अजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया