‘रियालिटी शो’ का नाममा ठगी, आयोजक समातिए

काठमाडौं, १ चैत – ‘डान्स नेपाल डान्स’ नामको रियालिटी शोका विजेताले अझै पनि परस्कार नपाएको तथ्य बाहिर आएको छ । शोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नपाएको खुलेको हो ।रियालिटी शोको पहिलो सिजनमा प्रथम हुनेलाई नगद एक लाख दिने भनिएको थियो । त्यस्तै दोस्रो सिजनका विजेताले दुई लाख पचास हजार पुरस्कार सहित अन्य मौका दिने बताइएको थियो ।तर विजेताले भने अझै पुरस्कार पाएका छैनन् ।विजेताले आफूले पुरस्कार नपाएको र आयोजक पनि सम्पर्कविहीन भएको उजुरी दिएपछि प्रहरीले आयोजकलाई पक्राउ गरेको छ ।निवेदनपछि भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालक विक्रम अछामीलाई प्रहरीले पक्राउ गरेको छ ।आयोजकले एसएमएस भोटिङका नाममा लाखौं कुम्लाएको बताएको छ । रियालिटी शोको पहिलो सिजन २०६८ मा भएको थियो भने दोस्रो सिजन वि.सं. २०७३ मा भएको थियो ।पक्राउ परेका अछामीमाथि पार्टनरसिप गर्ने भन्दै अन्य व्यक्तिसँग पनि लाखौं रुपैयाँ लिएको र विभिन्न विद्यालयमा फाराम पनि बेचेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?