काठमाडौं । विश्व स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपाली महान चाडहरु बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘दशैँ र तिहारको अफर’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ ।
उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर उत्पादनको आईएमईआई/सीएमईआई/डीसी कोड एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।
क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् ।
क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । अक्टोबर ८ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना नोवेम्बर १४, २०२० सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया