काठमाडौं । बिहीवार २ सय रुपैयाँले ओरालो लागेको सुनको मूल्य शुक्रबार ९ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपा सुनचाँदि व्यवसाय महासंघले जनाएको छ । त्यस्तै बिहीवार सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी पनि गत कारोबार दिनको तुलनामा २० रुपैयाँले बढेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बिहिबार चाँदि ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँका कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया