नेप्से परिसुचक १८.६ अंकले बढ्दा बजार पूँजीकरण २५ अर्ब भन्दा धेरैले सुधार, कस्तो रह्यो यो साताको शेयर बजार ?

काठमाडौं । यो साता नेप्से परिसुचक १८.६ अंकले उकालो लागेको छ । ५ दिन कारोबार भएको बजारमा २ दिन शेयरबजार घट्यो भने बाँकी ३ दिन शेयर बजारमा वृद्धि देखियो ।

साताभर १८.६ अंकले बढेको बजार साताको अन्तिम कारोबार दिन बिहिवार १५८९.६४ अंकको बिन्दुमा बजार बन्द भएको थियो ।
सातामा बढेको बजारमा सबै सुचकहरु पनि वृद्धि भएका थिए । साताभर नेप्सेमा २ लाख १८ हजार ७ सय ६६ पटकको कारोबारमा ५ कारोड ४० लाख ४५ हजार ४ सय ३५ कित्ता शेयरको खरिद विक्रि भएको थियो ।

उक्त संख्याको कारोबार हुँदा यस साता, साताभरमा १४ अर्ब ५३ करोड १६ लाख १० हजार ४ सय २ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जुन गत साताको तुलनामा ३ अर्ब ११ करोड ७२ लाख ११ हजार ९० रुपैयाँ ०७ पैसो धेरै हो । गत साता ११ अर्ब ४१ करोड ४३ लाख ९९ हजार ३ सय ११ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शेयर बजार साताको चौथो कारोबार दिन बुधबार बजार पूँजीकरण हाल सम्मकै उच्च २१ खर्ब ३३ अर्ब नाधेको थियो तर साताको अन्तीम कारोबार दिन नेप्से परिसुचक घट्दा २१ खर्ब १८ अर्ब ८० करोड १९ लाख ४६ हजार २ सय ७० रुपैयाँ ५ पैसा कायम भएको छ । अधिल्लो साताकोे तुलनामा बजार पूँजीकरण २५ अर्ब ६५ करोड २७ लाख ३२ हजार ८ सय १ रुपैयाँ ५ पैसाले बढेको हो । अधिल्लो साता बजार पूँजीकरण २० खर्ब ९३ अर्ब १४ करोडको हाराहारीमा रहेको थियो ।

साताको ५ कारोबार दिनहरुमा के के भयो ?

पहिलो दिन

साताको पहिलो कारोबार दिन नेप्से १४ दशमलव ७१ अंकले उकालो लाग्दा १५ सय ८५ दशमलव ७१ अंकको विन्दुमा आइतबारको लागी कारोबार बन्द भएको थियो ।आइतबार कारोबारमा आएका १ सय ९५ कम्पनीको ४५ हजार ७ सय ६३ पटकको व्यापारमा १ करोड ७ लाख १३ हजार ३ सय १२ कित्ता शेयरको खरिद विक्रिहुँदा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार ७ सय १९ रुपैँया १४ पैसा बराबरको कारोबार भएको थियो । दोहोरो अंकले बढेको बजारमा ८६ कम्पनीको शेयर मुल्य बढेको थियो भने ६७ कम्पनीको शेयर मुल्य घटेको थियो । बाँकि १७ कम्पनीको शेयरमुल्य भने स्थीर रहेको थियो । आइतबार कारोबारमा आएका १२ उप समुहमध्य जलविद्युत र म्युचल फन्ड समुहको परिसुचक बाहेक समग्र परिसुचक वृद्धिहुँदा शेयरबजारमा दोहोरो अंकको वृद्धि भएको थियो । आइतबार सार्वधिक उत्पादन तथा प्रशोधन उप समुहको परिसुचक १४५.२६ अंकले वृद्धि भएको थियो भने दोस्रोमा जिवन बिमा समुहको ४५.०३ अंकले वृद्धि भएको थियो ।

दोस्रो दिन

सोमबार शेयरबजार परिसुचक नेप्से ३ दशमलव ६३ अंकले घटेर १५ सय ८२ दशमलव १३ अंकको विन्दुमा बजार बन्द भएको थियो । सोमबार १ सय ९३ कम्पनीको ३९ हजार ५ सय ८७ पटकको कारोबारमा ९५ लाख १८ हजार ७ सय ६५ कित्ता शेयरको खरिद विक्रि हुँदा २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८७ रुपैयाँ ६९ पैसा बराबारको कारोबार भएको थियो । घटेको बजारमा रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र कामना सेवा विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

दुवैकम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको थियो । त्यस्तै नेपाल फाइनेन्स लिमिटेडको शेयर मूल्य ९.२४ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै प्रोग्रेसिभ फाइनेन्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक ७.१९ प्रतिशतले गुमाएका थिए । ०.२३ प्रतिशतले घटेको बजारमा उप समुहहरु भने मिश्रित देखिएका थिए । ७ उप समुहको परिसुचक घटेका थिए भने ५ उप समुहको परिसुचक वृद्धि भएका थिए । सोमबार उत्पादन तथा प्रशोधन समुहको परिसुचक सर्वाधिक १.६७ प्रतिशतले घटेको थियो त्यस्तै र्निजिवन बिमा समुहको परिसुचक १.४३ प्रतिशतले घटेको थियो । यस्तै जलविद्युत समुहको परिसुचक सर्वाधिक २.१४ प्रतिशतले वृद्धि भएको थियो ।

तेस्रो दिन

मंगलबार शेयर बजार परिसुचक नेप्से ४.१७ अंकले उकालो लागेको थियो । यस्तै सेन्सिटिभ परिसुचक पनि ०.७६ अंकले वृद्धि भएको थियो । मंगलबार शेयरबजारको कारोबार १५ सय ८६ दशमलव २९ अंकको विन्दुमा बजार बन्द भएको थियो । मंगलबार १ सय ९५ कम्पनीको ३९ हजार २ सय ३६ पटकको कारोबारमा ९९ लाख ४९ हजार ३ सय १७ कित्ता शेयरको खरिद विक्रिहुँदा २ अर्ब ५१ करोड ५ लाख ८५ हजार ३ सय ३२ रुपैयाँ ४४ पैसा बराबरको शेयर कारोबार भएको थियो ।

मंगलबार बजार पूँजीकरण २१ खर्ब १४ अर्ब ३४ करोड ३३ लाख ४६ हजार २ सय २६ रुपैयाँ ५ पैसा कायम भएको थियो । ०.२६ प्रतिशतले बढेको बजारमा १५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको थियो । जसमा ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको थियो । नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेड, नेपाल फाइनेन्स लिमिटेड, नगडि गु्रप पावर लिमिटेड ,माउन्टेन हाइड्रो नेपाल र दिव्यशवरी हाइड्रो पावर लिमिटेडका लगाीकर्ताले मंगलबार सर्वाधिक १० प्रतिशतले कमाएका थिए । यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्वाधिक ४ प्रतिशतले गुमाएका थिए । मंगलबार समुहगत परिसुचक मध्य १२ समुहको कारोबार भएकोमा ६ समुहको परिसुचक वृद्धि भएको थियो भने बाँकी ६ समुहको परिसुचक घटेको थियो । बढ्नेमा जलविद्युत समुहको परिसुचक सर्वाधिक ५.१२ वृद्धि भएको थियो भने घट्नेमा र्निजिवन बिमा समुहको ०.७२ प्रतिशतले घटेको थियो ।

चौथो दिन

बुधबारको कारोबारमा नेप्से परिसुचक १६ सय दशमलव ९८ अंकको विन्दुमा बजार बन्द भएको थियो । निरन्तर वृद्धि भएको बजारले बुधबार १६ सयको अंक पार गरेको थियो । १४.६८ अंकले बढेको बजारमा कारोबार रकम पनि उत्साहजनक रहेको थियो भने ३१ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको थियो । बुधबार १९५ कम्पनीको ४५ हजार ९ सय ८१ पटकको कारोबारमा १ करोड २६ लाख ९९ हजार ५ सय ३५ कित्ता शेयरको खरिदविक्रि हुँदा ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २ सय ९६ रुपैयाँ ३५ पैसा बराबरको शेयर खरिद विक्रि भएको थियो । बुधबारको कारोबारको आकर्षणको केन्द्र जलविद्युत समुह नै रहेको थियो ।

उक्त समुहको परिसुचक सर्वाधिक ५.५४ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै विकास बैंक समुहको परिसुचक ३.९० प्रतिशतले उकालो लागेको थियो । बुधबारको कारोबारमा ५ कम्पनीको १० करोड भन्दा धेरैको कारोबार भएको थियो । जस अन्र्तगत सबै कम्पनीहरु जलविद्युत समुह अनर्तगतकै रहेका थिए । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक १५ करोड २९ लाख २३ हजार ६ सय ६ रुपैँया बराबरको कारोबार भएको थियो । शेयर संख्याका आधारमा हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडको ७ लाख ५२ हजार ४ सय ६२ कित्ता शेयरको खरिद विक्रि भएको थियो ।

साताको अन्तिम कारोबार दिन

साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले घटेको थियो । गत कारोबार दिन बुधबार १६ सय को अंक पार गरेको शेयर बजार बिहिबार भने ११.३४ अंकले ओरालो लाग्दै १५८९.६४ अंकमा बिहिबारको बजार बन्द भएको थियो । बिहिबार १ सय ९३ कम्पनीको ४८ हजार १ सय ९९ पटकको कारोबारमा १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता शेयरको खरिदविक्रि भएको हुँदा २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको थियो ।

बिहिबार कारोबारमा आएका कम्पनीमध्य अरुण काबेली पावर लिमिटेड र नेश्नल हाइड्रो पावर कम्पनीको १० कारोड भन्दा धेरैको कारोबार भएको थियो । उक्त कम्पनीको क्रमशः १२ करोड ४१ लाख ८० हजार ४ सय ५३ रुपैयाँ र १० करोड ३७ लाख ३ हजार २ सय ४२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

समुहगत परिसुचकमध्ये जलविद्युत समुहको परिसुचक सर्वाधिक ३.०८ प्रतिशतले घटेको थियो भने होटल समुहको परिसुचक १.७१ प्रतिशतले घटेको थियो बाँकि ७ समुहको परिसुचक १ प्रतिशत भन्दा कमले घटेका थिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?