मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६४२ जनाको पिसीआर परीक्षण गर्दा १९४ महिला र ३५८ पुरुष गरी कूल ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । यसरी कोरोना संक्रमण पुष्टि हुनेमा सुनसरीका ३१०, मोरङका १९०, झापाका २६, उदयपुरका पाँच, धनकुटा र संखुवासभाका चार/चार, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गाका एक÷एक जना र प्रदेश बाहिरका नौ जना रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीका धरानमा ९१ महिला र १२९ पुरुष गरी कूल २२०, इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा सात, रामधुनीमा छ, बराहक्षेत्रमा तीन, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । त्यस्तै मोरङको विराटनगरमा १४५, बुढीगङ्गामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा तीन/तीन, रङगेली, पथरीशनिश्चरे, ग्रामथानमा दुई/दुई , केराबारीमा एक र स्थानीय तह नखुलेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।
यसैगरी झापाको विर्तामोडमा आठ, दमकमा सात, मेचीनगरमा छ, भद्रपुरमा तीन, कनकाई र गौरादहमा एक/एक, उदयपुरको त्रियुगामा चार, स्थानीय तह नखुलेका एक, धनकुटाको साँधुरीगढीमा तीन, स्थानीय तह नखुलेका एक, संखुवासभाको खाँदबारीमा चार, खोटाङको खोटेहाङमा एक, इलामको इलाममा एक, ताप्लेजुङमा एक र ओखलढुङ्गामा एक जना तथा प्रदेश बाहिरका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो प्रदेशमा हालसम्म नौ हजार ८९२ जना कोरोना सङ्क्रमित छन् । आज ११ जना उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या चार हजार ७८६ पुगेको छ । अहिलेसम्म एक लाख ३६ हजार ४१४ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया