काठमाडौं – देशको सबैभन्दा ठूलो सुरक्षा संगठन नेपाली सेना । कोरोनाको कहरका बीच आ- आफ्ना जिम्मेवारी पूरा गरिरहेका यो संगठनका कर्मचारी जो लामो समयसम्मै बिदामा बस्न पाएका छैनन् उनीहरुको लागि बिदा मिलाउने तयारी भएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार दशैँमा घर जानेहरुलाई सकेसम्म नेपाली सेनाले आफ्नै बस र हवाईजहाजमार्फत् पुर्याउने तयारी गरिरहेको छ ।
आफ्नै साधनमा जाँदा आफ्नै मात्रै टोली हुने कमान्ड कन्ट्रोल पनि रहने भएको कारण तालिम वा विविध काममा खटिएका नेपाली सेना संगठनका कर्मचारीलाई कोरोना महामारीबाट बच्न सावधानस्विरुप स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घर पठाउन र बिदाबाट फर्केपछि क्वारेन्टाईनमा बसाउने र सबै स्वास्थ्य मापदण्ड अपनाएर काममा फर्काउने जनाएको छ । यस्तै दशैँमा नेपाल प्रहरीले भने लामो बिदा नपाउने भएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले बिदा नदिनको लागि सातै प्रदेशमा रहेको प्रहरी कार्यालयलाई पत्रचार गगरिसकेको छ। दशैँमा शान्ति सुरक्षालाई ध्यानमा राख्दै बिदा नदिने निर्णय भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया