काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आश्विन १६ गते निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको “ ८.५० प्रतिशत एस बि एल डिबेन्चर ( २०८४” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको जनाएको छ ।
लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै माग भन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।
निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द गरिएको थियो ।
लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वासका साथ अधिक सदस्यता प्राप्त गर्दै बैंकले सम्पूर्ण लगानीकर्ता प्रति हार्दिक कृतज्ञता व्यक्त बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया