काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य स्थीर रहेको छ । छापावाल सुन आइतवारकै मूल्य ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहँदा चाँदि भने १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसाय महासंघले बताएको छ ।
आइतवार एकै दिन चाँदि प्रतितोला ४० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतवार सुन प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया