काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा (सोमबार) जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।
स्टकको अनुसार कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका एलइसी (LC) संकेत प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया