काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागी एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रिदर ११७ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ । गत सोमवार एक अमेरिकी डलरको खरिददर ११६.७२ र विक्रिदर ११७.३२ रहेको थियो ।
त्यस्तै यूरोपियन यूरो भने ०.०२ पैसाले ओरालो लाग्दै एक यूरोको खरिददर १३८ रुपैयाँ ०१ पैसा र विक्रिदर १३८ रुपैयाँ ७२ पैसा तोकेको छ ।
एक यूके पाउन्ड स्र्टोलिङको खरिददर १५२ रुपैयाँ २३ पैसा र विक्रिदर १५३ रुपैयाँ ०१ पैसा रहेको छ । गत कारोबार दिन यूके पाउन्ड स्र्टोलिङ एकको खरिददर १५२ रुपैयाँ ३० पैसा र विक्रिदर १५३ रुपैयाँ ०९ पैसा रहेको थियो ।
स्वीस फ्रन्क १ को खरिददर १२८ रुपैयाँ ३४ पैसा र विक्रिदर १२९ रुपैयाँ ०० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ १९ पैसा र विक्रिदर ३८४ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यसैगरी बहराईन दिनार १ को खरिददर ३१० रुपैयाँ ११ पैसा र विक्रिदर ३११ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया