म्याचिङ्ग नभएपछि जनरल इन्स्योरेन्सको कारोबार नहुने

काठमाडौं । मंगलवार म्याचिङ्ग नभएपछि जनरल इन्स्योरेन्सको दोस्रो बजारमा कारोबार नहुने भएको छ ।

जनरल इन्स्योरेन्सको मंगलवार (आज) देखि दोस्रो बजारमा कारोबार गर्न सकिने गरी असोज २६ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो ।

तर, असोज २७ गते मंगलबार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्सको पहिलो कारोबार हुन सकेन । स्पेशल प्रि ओपन सेसनमा कारोबार नभएपछि मंगलवार नियमित सेसनमा इन्स्योरेन्सको शेयर कारोबार नहुने भएको छ ।

इन्स्योरेन्सले पहिलो कारोबारको लागि १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो ।

भोलिको स्पेशल प्रि ओपन सेसनमा म्याचिङ्ग भइ कारोबार भएपछि मात्रै नियमित सेसनमा कारोबार गर्न पाइने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?