काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले चाडपर्वको अवसरमा अनलाइन सामान खरिद गर्न ग्राहकका लागि आकर्षक नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।
गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सीले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न ग्राहकका लागि आकर्षक नगद फिर्ता (Cash Back) को योजना सार्वजनिक गरेको हो ।
उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmart जस्ता ई–कमर्शबाट बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया