काठमाडौं । मंगलवार शेयर बजार परिसुचक नेप्से ९.२४ अंकले ओरालो लागेको छ । वडादशैं नजिकिएसँगै प्रोफिट बुक गर्दै शेयर विक्रिमा चाप रहेको कारण बजार घट्दो क्रममा देखिएको छ ।
०.६० प्रतिशतले घटेको बजारमा सेन्सिटिभ इन्डेक्स १.७० अंकले ओरालो लागेको छ । सब परिसुचक ओरालो लाग्दा ३ समुहको परिसुचक भने उकालो लागेको छ । उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र ट्रेडिङ उप समुहको परिसुचक भने सकारात्मक देखिएका छन् । उक्त ३ कम्पनीको शेयरमूल्य १ प्रतिशत भन्दा पनि थोरैले वृद्धि भएका छन् ।
मंगलवारको कारोबारमा जलविद्युत समुहको परिसुचकमा सर्वाधिक २.०४ प्रतिशतले घटेको छ भने दोस्रोमा फाइनेन्स समुहको परिसुचक १।९२ प्रतिशतले ओरालो लागेको छ । अन्य सबै समुहकोे परिसुचक १ प्रतिशत भन्दा कमले धटेका छन् ।
मगलवार अरुण काबेली पावर लिमिटेडको सर्वाधिक ११ करोड २६ लाख २१ हजार ४ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै दोस्रो स्थानमा ११ करोड ७ लाख १ हजार ४ सय ४ रुपैयाँको कारोबारले ज्योती विकास बैंक लिमिटेड रहेको छ । शेयर संख्या र कारोबार संख्यका आधारमा भने ज्योती विकास बैंक लिमिटेड अग्र स्थानमा रहेको छ । उक्त कम्पनीको १ हजार ४ सय १ पटकको कारोबारमा ५ लाख १३ हजार २६ कित्ता शेयर खरिद विक्रि भएको छ ।
मंगलवार ज्योती विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक ४।८३ प्रतिशतले कमाएका छन् । रकमका आधारमा भने यूनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले ५ सय ५० रुपैयाँले कमाएका छन् ।
शेयरमूल्य घट्नेमा मंगलवार अधिकांश जलविद्युत समुहका कम्पनी रहेका छन् । पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ८।७२ प्रतिशतले घटेको छ भने दिव्यशवरी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ७।५० प्रतिशतले ओरालो लागेको छ ।
मंगलवार १ सय ९३ कम्पनीको २८ हजार ६ सय ४० पटकको व्यापारमा ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयरको खरिद विक्रिहुँदा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको छ ।
मंगलवार कारोबारमा आएका कम्पनीमध्ये १७ कमपनीको शेयर मूल्य वृद्धि हुँदा १३३ कम्पनीको शेयर मूल्य घटेको छ बाँकि १९ कम्पनीको शेयरमूल्य भने स्थीर देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया