बेइजिङ, ३ चैत । चिनियाँ संसद्ले राष्ट्रपति सी जिनपिङलाई दोस्रो पाँच वर्षे कार्यकालका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ ।संसद्ले सीका निकटवर्ती तथा भ्रष्टाचारविरोधी पूर्वअधिकारी वाङ चिसानलाई उपराष्ट्रपतिमा नियुक्त भएका छन् । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा भएको मतदानमा उनको अर्को कार्यकाल सर्बसम्मतिले अनुमोदन गरिएको हो ।गत साता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने पक्षमा मतदान गरेको थियो । त्यसको अर्थ राष्ट्रपति सी अनन्तकालसम्म सत्तामा रहन सक्छन् ।चीनले सन् १९९० को दशकमा राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि तय गरेको थियो ।राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया