वासिंगटन, ३ चैत । अमेरिकी संघीय अनुसन्धान एजेन्सी (एफबीआई) का पूर्वउपनिर्देशक एन्ड्रयु मकेबलाई अवकाश पाउनुभन्दा दुई दिनअघि पदबाट बर्खास्त गरिएको छ ।महान्यायाधिवक्ता जेफ सेसनले उनलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् । उनलाई बर्खास्त गरिएपछि निवृत्तिभरणसम्बन्धी केही अधिकारहरू गुमाउनेछन् ।उनी हिलरी क्लिन्टनको इमेल प्रयोग प्रकरण र सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको आरोपसम्बन्धी आरोपको छानबिन गरिरहेका थिए । राष्ट्पति ट्रम्पले विगतमा निरन्तर मकेबको आलोचना गर्दै आएका थिए ।उनलाई बर्खास्त गर्ने निर्णयलाई समर्थन गर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा मकेब एफबीआइभित्र उच्च तहमा भएका भ्रष्टाचार र ठगीबारे जानकार भएको आरोप लगाएका छन् ।पछिल्लो निर्णयलाई ट्रम्पले सही भन्दै त्यो मेहनती एफबीआइका कर्मचारीका लागि खुशीको दिन भएको टिप्पणी समेत गरेका छन् ।एउटा वक्तव्यमा मकेबले आफूले निर्वाह गरेका भूमिका र एफबीआइका तत्कालीन निर्देशक जेम्स कोमीलाई बर्खास्त गरिएपछिका घटनाहरूबारे थाहा पाएकाले आफूलाई एक्ल्याइएको बताएका छन् ।मकेबले हिलरी क्लिन्टनको इमेल प्रयोग प्रकरणसम्बन्धी अनुसन्धानसम्बन्धी सूचना एकजना पत्रकारलाई उपलब्ध गराउन आदेश दिएका थिए ।मकेबले उपनिर्देशकको पदबाट जनवरीमा नै राजीनामा दिएका दिएर विदामा बसेका थिए । सोमबार ५० औं जन्मदिन मनाउन लागेका उनले त्यहीँ दिन नै औपचारिक रुपमा अवकाश पाउने थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया