काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आइ पी ओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । विक्रि प्रवन्धक एनआइसी एसिया क्यापिटलले जनाए अनुसार शुक्रबार बिहान साढे ८ बजे शेयर बाँडफाँड गरिने बताएको छ ।
इन्स्योरेन्सको आईपीओमा आवेदक गरेका ३१ प्रतिशतले मात्र आवेदन पाउने छन् भने ६९ प्रतिशतको हात खाली हुने छ । आईपीओमा ८ लाख ८३ हजार ६२४ जनाले आवेदन गरेका थिए ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले मात्र हात पार्नेछन् ।
यस आईपीओमा आवेदक गरेका बाँकी ६ लाख १० हजार ६२४ जनाको हात भने खाली हुने देखिन्छ ।
कूल ३० लाख कित्ता आईपीओ जारी गरेको कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो।
जसमा मागको ६.९९ गुणा धेरै अर्थात १ करोड ९० लाख ९१ हजार ८० कित्ताको आवेदन परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया