काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिहीवार एक कार्यक्रमकाबीच काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।
२०६४ सालमा दर्ता भै २०७४/०८/२८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको यस प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमा अध्यक्ष डा. घिमिरे लगायत संचालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन् ।
साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. घिमिरेद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया