मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघको सर्मथन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधवार प्रकाशित प्रेस विज्ञप्तीप्रति मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघले सर्मथन जनाएको छ ।
विज्ञापन (नियमन गर्ने) ऐन २०७६ मै डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरु २०७७ साल कार्तिक ७ गते (एक वर्ष) भित्र विज्ञापनरहित हुनुपर्ने प्रावधान रहेको थियो । कुनैपनि वहानामा ऐन कार्यान्वयनमा ढिलाई गर्न नहुने फेरी पनि विज्ञप्ती मार्फत धारणा जाहेर गरेका छन् ।
साथै वक्तव्यमा उल्लेख भएको विज्ञापन ऐन राष्ट्र, राष्ट्रियता र सँस्कृतिको जगेर्नाका साथै नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा हुने भएकोले तत्काल प्रभावकारी कार्यान्वयन गर्न पुनः माग गरेका छन् ।
ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएकाले व्यवसायीक व्यक्तिहरुको संलग्नतामा विज्ञापन बोर्डको गठन गर्न ढिलाइ नगर्न पनि माग गर्दै नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले उठाएका मागको तत्काल सम्बोधन गर्न समेत सरकारसंग जोडदार अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया