मोरङ । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४६८ कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेशकोसामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई/दुई, भोजपुर र ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिरका १२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज २२१ जना संक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ । हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया