काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) सुवास कटुवाल यस वर्षकै सर्वोत्कृष्ट अनुसन्धान अधिकृत ठहरिएका छन् । विशेष गरी आर्थिक अपराधको अनुसन्धानमा दख्खल राख्ने कटुवालले सीआईविमा कार्यरत रहँदा थुप्रै आर्थिक अपराधका घटनाको अनुसन्धान गरेका थिए ।
उनले विशेष ब्युरोमा समेत केही समय काम गरेका थिए भने हाल महानगरीय प्रहरी परिसर ललितपुरको सादा पोसाक टोलीमा कार्यरत छन् ।
कटुवालले भिओआईपी कलबाईपासको पहिलो घटनाको अनुसन्धान गरेका थिए भने सिआईवीले हेरेको पहिलो बैंकिङ कसुर गोरखा विकास बैंकको अनुसन्धान पनि गरेका थिए । उनले सर्वाधिक चर्चामा रहेका युनिटी ठगिको समेत अनुसन्धान गरेका थिए ।
दाङमा बैंक अफ काठमाडौँको रकम लुटपाटको घटनाको समेत सफल अनुसन्धान गरेका थिए । सोही कामको उच्च मूल्यांकनसहित ६५ औँ प्रही दिवसको अवसर पारेर प्रहरी प्रधान कार्यालयले उनलाई पुरस्कृत गरेको हो।
यसैगरी यस वर्षको पूर्ण शान्ति पुरस्कार विशेष ब्युरोमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण बहादुर चन्दले पाएका छन्।
यसैगरी यो वर्षको योगेन्द्र स्मृति पुरस्कार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायव निरीक्षक सागर राणाले पाए भने एसपी बेलबहादुर पाण्डे उत्कृष्ट अनुसन्धान, डीएसपी दिप्ती कार्की उत्कृष्ट व्यवसायीक प्रहरी र नेपाल प्रहरी अस्पतालका एसएसपी डा सञ्जय विक्रम श्रेष्ठ उत्कृट कोभिड व्यवस्थापक पुरस्कारबाट पुरस्कृत भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया