काठमाडौं । कोरोना भाइरसका बीच शारदीय नवरात्री शुरु भएको छ ।
मानिसहरु उपवास बसिरहेका छन् । तर यो बेला कोरोनाका कारण पर्नसक्ने असरबाट बच्न इम्यूनिटी धेरै हुने खानेकुरा खानुपर्ने हुन्छ । यसैबीच कोरोनाबाट बच्नका लागि व्रत बसेका बेला के खाने भन्ने बारेमा जानकारी दिनेछौँ ।
१.नवरात्रको बेला सात्विक भोजन गरिन्छ । यसबेला हरियो शब्जी र फलको धेरै सेवन गर्नुहोस् । यसले इम्यून सिस्टमलाई तन्दुरुस्त राख्छ ।
२. ५ वटा बदाम, १ ओखर र ५ किसमिस हरेक बिहान र रातमा पनि यो खाने गर्नुहोस् । साथै बिहान पूजा सकेपछि एक कप चिया पिउनुहोस् । यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
३. बिहान ब्रेकफास्टको बेला १ कप दूध र नुन बिनाको रोस्टेड मखन खानुहोस् ।
४. एक कप दूधमा केरा मिसाएर खानुहोस् ।
५. मौसमी, निबुवा, मौसम जस्ता फलफूलहरु खाने गर्नुहोस् ।
६. दोश्रोप्रहरमा नरिवलको पानी पिउनुहोस् ।
७. साँझ पूजा सकिएपछि खिचडी वा सावुदाना खानुहोस् ।
८. डिनर पहिला वा पछि तरकारीको सुप, शाकाहारी सुप पिउनुहोस् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया